,

सवारी लाइसेन्स अब स्मार्ट कार्डमा

पोखरा : सवारी चालक अनुमतिपत्र अब 'स्मार्ट कार्ड' मा बन्ने भएको छ। यातायात व्यवस्था विभागका महानिर्देशक सुदर्शन ढकालले यातायात क्षेत्र व्यवस्थित बनाउँदै लैजाने नीतिअनुसार यस्तो कार्ड जारी गर्न लागिएको बताएका छन्।
पोखरामा मंगलबार जीपीएस प्रविधि जडित युरो तीन मोडेलका गाडीको सेवा उद्घाटन गर्न आएका ढकालले भने, 'इलेक्ट्रोनिक्स चिप्सजडित कार्ड भएको खण्डमा प्राविधिक रूपमा धेरै सहज हुन्छ, रेकर्ड पनि चाहेको समयमा पाउन सकिन्छ।' सन् २०१४ भित्रमै यो काम गर्न सकिने उनको भनाइ छ।
पोखरामा सञ्चालनमा आएका युरो ३ मापदण्डका गाडी
पोखरामा सञ्चालनमा आएका युरो ३ मापदण्डका गाडी
ढकालले सवारीचालक अनुमतिपत्र व्यवस्थित गर्न नयाँ प्रणाली लागू गरिएको बताए। यातायात व्यवस्थापनका लागि सरकारले चाहेजति गर्न नसकेको भन्दै ढकालले रुट व्यवस्थापनका लागि पहल भइरहेको बताए। उनले भने, 'नेपालमा भेहिकल फिटनेस सेन्टर, बुटवल र पोखरामा प्रदूषणमापक मेसिन जडान गर्न लागिएको छ।'
सरकारले यातायातमा स्तर निर्धारण गर्न नसकेको अवस्थामा व्यवसायीले युरो तीन मोडेलका गाडी भित्र्याउनु पोखरामा मात्र नभई नेपालमै उदाहरणीय रहेको उनले बताए।  अहिले नेपालमा १७ लाख सवारीसाधन रहेकोमा १३ लाख मोटरसाइकल छन्। साना आकारमा सवारीसाधनको साटो धेरै मानिस अट्ने साधनको खाँचो रहेको उनको धारणा थियो।
राष्ट्रिय यातायात व्यावसायिक महासंघका महासचिव डोलनाथ खनालले यातायात क्षेत्रमा व्यापक समस्या भएकाले सरकारले नीतिमार्फत समाधान गरिनुपर्नेमा जोड दिए।
युरो तीन गाडी चल्न थाले
यसैबीच पोखराका सडकमा मंगलबारदेखि युरो तीन मोडेलका गाडी चलेका छन्। पोखरा बस व्यवसायी समितिले पुराना गाडी विस्थापन गरी, वातावरण मैत्री युरो तीन मोडेलका १७ वटा बस चलाउने भएको हो।


समितिका अध्यक्ष महाप्रसाद सुवेदीका अनुसार सञ्चालनको तयारीमा रहेका बसहरूमा जीपीएस, सीसीटीभी र एलसीडी जडित छन्। यात्रुको सुरक्षा निम्ति हाइड्रोलिक्स ढोका जडान गरिएको छ, जुन निश्चित बिसौनीमा मात्र खुल्छ। पर्यटकको प्रमुख गन्तव्य बन्न थालेको पोखराको सार्वजनिक यातायात सेवा अन्तर्राष्ट्रिय स्तरको बनाउने समितिले जनाएको छ।

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide