,

सरकार र आन्दोलनरत विद्यार्थी संगठनबीचको वार्ता निष्कर्ष विहीन

चैत-३, काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको बिषयमा आन्दोलनरत विद्यार्थी संगठन र सरकारबीचको वार्ता बिना निष्कर्ष सकिएको छ ।

आज दिउँसो वाणिज्य सचिव माधवप्रसाद रेग्मीको संयोजकत्वमा सात सदस्यीय सरकारी वार्ता कमिटी र विद्यार्थी संगठनबीच वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वार्ता निष्कर्ष बिहिन भएको हो । सरकारले बढेको मुल्य फिर्ता नहुने अडान राखेपछि वार्ता निष्कर्ष बिहिन बनेको हो ।

सरकारले गत शुक्रबार पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएपछी १७ विद्यार्थी संगठनले उक्त मूल्यवृद्धि फिर्ताको माग राखी आन्दोलन गर्दै आएका छन् ।


0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide