,

बलत्कारको घटनालाई रकम लेनदेन गरेर मिलापत्र गरिएको खुलासा

undefined
मनोज बुढाथोकी । फागुन-८, खोटाङ, 
बलत्कारको घटना अपराधजन्य कार्य भए पनि खोटाङ जिल्लामा एक ४० वर्षीय महिलालाई बलात्कार गरिएको घटना राजनैतिक दबावमा रकम लेनदेन गरेर मिलापत्र गरिएको खुलासा भएको छ । एक लाख रुपैया २० दिनभित्र पीडितलाई दिने र जग्गा दिने शर्तमा मिलापत्र भएपछि प्रहरी हिरासतमा राखिएका सप्तेश्वर गाविस–८ का १७ वर्षीय सन्देश राईलाई सोही दिन प्रहरीले अनुसन्धान नै नगरी छाडेको छ ।

आरोपितले फागुन २५ गते राती महिलाकै घर पुगी बलत्कार गरेका थिए । पीडितले बाक्सिला गाविसस्थित इलाका प्रहरी कार्यालयमा आरोपित विरुद्ध फागुन २६ गते उजुरी दिएको आधारमा फागुन २९ गते पक्राउ गरिएका आरोपितलाई आठ दिन सम्म प्रहरी हिरासतमा राखेर छाडेको हो । उनलाई म्याद थप नै नगरी ८ दिनसम्म थुनामा राखिएको हो ।

पीडित महिला जिल्ला प्रहरी कार्यालयमा उपस्थित नभएपछि आरोपित विरुद्ध कारवाही प्रक्रिया अघि नबढाई आरोपितलाई छाडेको जिल्ला प्रहरी कार्यालय दिक्तेलका प्रहरी निरिक्षक रमेशकुमार देवले बताए । पीडित महिला सदरमुकाम सम्म आएको भए पनि आरोपित पक्षले प्रहरी समक्ष पुग्न नदिई मिलापत्र गराएर बाटैबाट फर्काईदिएको हो ।

पीडितलाई एक लाख रुपैया भने सोही स्थानका खगेन्द्र राईले दिने शर्तमा मिलापत्र भएको खुलासा भएको छ । मिलापत्रमा नेकपा एमालेका जिल्ला सचिव राजन राई, सचिवालय सदस्य कुमार आचार्य, सप्तेश्वर गाविस निवासी एमालेका प्रभावशाली कार्यकर्ता माइतीराज राई, नरेश राई लगायत नेता कार्यकर्ताहरु संलग्न रहेको खुलासा भएको हो ।

यसैबिच यस घटना प्रति राष्टिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको छ । राष्टिय मानव अधिकार आयोग उपक्षित्रिय कार्यलय दिक्तेलका प्रमुख लोकनाथ घिमिरेले यो खालको कार्यशैलिले नागरिकलाई कानुनि राज्यको प्रत्याभुति नहुने उल्लेख गर्नु भयो ।
उहाँले यो खालका गम्भीर घटनालाई यसरी मिलाउँदा दोसीले आश्रय पाउने उल्लेख गर्नु भएको छ ।


0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide