khabar,
पाएको पुरस्कार कोषलाई नै प्रदान
Posted by Unknown
Published on Wednesday, 26 March 2014
काठमाडौं : पुरस्कार पाएपछि मन्तव्य दिन मञ्चमा पुगेका कवि तीर्थ श्रेष्ठले भने, 'साहित्यको संवृद्धि गर्ने साहित्यकारलाई दिने पुरस्कारको रकम अर्को वर्षदेखि बढोस्, म मैले पाएको आजको १५ हजार रुपैयाँ राशि पनि यही वासु शशी स्मृति परिषद्को अक्षय कोषलाई प्रदान गर्छु।' परिषद्का अध्यक्ष कृष्ण जोशीले अचम्म र खुसी मान्दै तत्काल प्रतिक्रिया दिए, 'ओ हो, यो त अपेक्षै नगरिएको कुरा भयो।'
परिषद्ले वरिष्ठ कवि वासु शशीको ७८औं जन्मजयन्तीका अवसरमा बुधबार राजधानीमा आयोजना गरेको पुरस्कार वितरण समारोहमा कवि श्रेष्ठले थपे, 'मानवतावादी व्यक्तित्व रहेका वासु शशीसँगका घटना र प्रसंग ताजै छन्। आज उहाँकै नामको वासु शशी स्मृति पुरस्कार ग्रहण गर्न पाइयो। म यो पुरस्कारको रकम कोषलाई हस्तान्तरण गर्न चाहन्छु।'
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति किरण मानन्धरले श्रेष्ठलाई पुरस्कार प्रदान गरेका थिए भने साहित्यिक अन्वेषक शिव रेग्मीलाई वासु शशी स्मृति सम्मान प्रदान गरेका थिए।
मानन्धरले यति लामो यात्रा भए पनि साहित्यको विकास हुन नसकेको बताए। संरचनात्मक विकास भएको उल्लेख गर्दै उनले भने, 'दर्जन अग्ला तलाका भवन बन्छन्, नेपाली गरिब छैनौं। तर घर न कुनै साहित्यिक कृति हुन्छन् न भित्तामा कला।'
कार्यक्रममा विश्वविमोहन श्रेष्ठले सम्मान र पुरस्कार ग्रहण गर्ने दुवै व्यक्तित्वको साहित्यिक योगदानबारे बोलेका थिए। परिषद्का सचिव प्रद्युम्न जोशीले परिषद्बाट भए गरेका कामबारे जानकारी दिए। परिषद्ले १२ स्रष्टालाई पुरस्कृत र सात स्रष्टालाई सम्मान गरिसकेको छ।


0 comments
Readers Comments
i love like and koment