,

लापरबाही नै मृत्युको कारण रहेको ठहर

 
१३ मार्च, नयाँ दिल्ली ।
unnamed
सार्प ग्लोबल लिमिटेड, भिवाडी, जिल्ला अलवर, राजस्थानमा विगत ७ वर्षदेखि कार्यरत त्रिवेणी वडा नं. ५, घुम्सुङ, जिल्ला पर्वत निवासी गोपाल काफ्ले, २५ को एकसातापूर्व निधन भएको शव सफदरगंज हस्पिटल, नयाँ दिल्लीबाट बुझिएको छ । पिताम्बर काफ्लेका छोरा गोपालमाथिको निर्भरता बृद्ध आमा, डेढ महिनाकी छोरीसहित श्रीमती खैसरा काफ्लेको थियो ।
झण्डै ३ वर्षयता पक्का श्रमिकको रुपमा कार्यरत गोपाललाई अनिच्छाका वावजुद २६ जनवरी, रातको ओभर टाइम ड्युटी लगाइएको थियो । कार्यस्थलमा रहेको बिस्फोटक पदार्थ पाइप फुटेर बाहिर आयो । यसले तुरुन्तै भयंकर ठूलो आगोको रुप लियो । आगोको पहिल्यै हुरहुँराउदै दन्केको लप्काले गोपाललाई समात्यो । ऐया–आत्था गोपालले बच्नका लागि कराउने चिच्याउँने र गुहार माग्ने प्रयत्न गरे । कसैको ध्यान पुगेन । तत्काल आगोभन्दा बाहिरसम्म कसरी कसरी आफै पुगे । फ्याक्ट्रीमा हल्लाखल्ला भयो । उत्पात मच्चियो । सनसनीपूर्ण माहौल बन्यो । ७०–७२ जना नेपाली श्रमिकहरु समेत कार्यरत रहेको यस फ्याक्ट्रीमा जलेको शरीरमा एकदमै गलेका गोपालप्रति फ्याक्ट्री मालिक वा आधिकारिक व्यक्तिहरुमध्ये कसैको पनि जिम्मेवारपूर्ण उपस्थिति भएन । तत्काल बचावका लागि कहींकतै लगिएन । श्रमिकहरुले आफूले कमाएको पारिश्रमिकबाट आपदविपदका बखतमा उपचारका लागि ई. एस. आई. नामको उपचारकोषमा न्युनतम शुल्क राखिएको हुन्छ । श्रमिकलाई यस्तो बेलामा यही लैजानुपर्ने उसको पहिलो कर्तव्य हुन्छ । ई.एस.आई. ले नसक्ने अवस्थामा कुनै सरकारीमा अस्पतालमा रिफर गर्ने गरिन्छ । तर, गोपाललाई कुनै ई. एस. आई. पनि लगिएन । ई. एस. आई. को आधिकारिकतामार्फत कुनै राम्रो सरकारी अस्पताल लैजाने काम गरिएन । गोपालको होसचेत गुम्दै जानेक्रममा फ्याक्ट्री मालिकको आदेशानुसार नयाँ दिल्लीस्थित सफदरगंज हस्पिटलमा बेबारिसेजस्तो अवस्थामा भर्ती गराइयो । भर्ती उपरान्त कुनै साथ, सहयोग, सेवा नपाएका गोपालको ७ मार्च मध्यान्ह निधन भयो ।
जीउँदो जाग्दो हुँदा गोपाल सबै ठीक र सधैं ठीक हुने तर ड्युटी कार्यावधिमै यस्तो घटना घट्दा फ्याक्ट्री प्रशासन, मालिक वा अन्य कुनैले सामान्य चासोसमेत नदिने÷नगर्ने, कति दर्दनाक अवस्था चित्रित भयो होला यहाँ ? कसैले पनि सहजै अनुमान गर्न सकिन्छ ।
‘कुछ जला हुआ अवस्था में पाया गया, अप्राकृतिक मौत’ भनेर सबै प्रकारका कृते कागजात तयार गर्ने फ्याक्ट्री मालिक र यसको प्रशासनको एकदमै नग्न एवम् गैरजिम्मेवारपन, मौनता र मैनेजरमार्फत धम्कीपूर्ण अभिव्यक्ति देखेर मानवीय समवेदनाको अभाव र सह ह्दयीताको फडेरी प्रकट भएको प्रस्ट हुन्छ । भारतीय कानून अनुसार एफ. आई. आर. रिपोर्ट समेत नगराएर बसेको फ्याक्ट्री मालिक, यसको प्रशासन स्थानीय पुलिस बलसँग मिलेर पोस्टमार्डम गराउन नचाहेको र हस्पिटलले पनि पोस्टमार्डम अनिवार्य छैन भन्ने तर्क अघि सारेको अवस्था आफैमा अर्को रहस्यको विषय बनेको छ ।
प्रवासी नेपाली संघ भारतको तर्फबाट केन्द्रीय सदस्य गोपाल थापाको अग्रसरतामा कमसेकम मानवीय मूल्य स्थापित हुनुपर्ने भन्दै दवाव सिर्जना गर्न बोलाइनुभएका विभिन्न जिम्मेवार व्यक्तिहरु, मिडिया र मिडियाकर्मी, नेपाली राजदूताबास लगायतको शक्ति मिलेर मृतशैयामा देखिएका गोपालको हृदय बिदारक शवको पोस्टमार्डमपछि आजै साँझ निगमबोध घाट, यमुना किनार, नयाँ दिल्लीमा विधि एवम् परम्परा अनुसार अन्तिम संस्कार भएको छ । मृतकका सहोदर दाजु, ससुरा बुबा, नातेदार भाईलगायत घरगाउँ छरछिमेकका दर्जनौं जम्मा भएर मृतकप्रति शोक, श्रद्धा र समवेदना प्रकट गर्ने काम भएको संगठनका स्थानीय नेता काशीनाथ न्यौपानेले जानकारी दिनुभयो ।

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide