,

समाचार प्रभावः वलात्कृत वालिकालाई झण्डै ४ लाख भन्दा बढि सहयोग

समाचार प्रभावः वलात्कृत वालिकालाई झण्डै ४ लाख भन्दा बढि सहयोग


प्रेम सुनार चैत्र १३ गुल्मी ।unnamed
केहि दिन अघि गुल्मीको खडगकोटमा वलात्कृत भएकी १० वर्षिया वालिकाको ओझेलका खवर युनिटले तयार पारेको विशेष रेडियो रिर्पोट गुल्मी टुडे डट कम बाट प्रशारण गरेपछि त्यो सुनेर सहयोग गर्नेहरुको संसारभरी बाटै लहर चलेको छ ।
हाल सम्म पिडित वालिकालाई झण्डैँ ४ लाख रुपैयाँ सहयोग घोषण भई सकेको र सहयोग गर्नेहरुको संख्या बढ्दै गएको ओझेलका खवर सञ्चालक प्रेम सुनारले बताउनुु भयो । उनलाई शान्तिपुर ६ भिरखानी निवासी लक्ष्मी कुँवरको सक्रियतामा वेल्जीयमबाट १ लाख भन्दा बढि सहयोग संकलन भई सकेको उहाँले जानकारी दिनु भयो । अन्य सहयोगदाताको नाम उहाँले पछि पठाउने बताउनु भयो ।
त्यस्तै वामी ५ मैदान घर भई मकाउमा कार्यरत सम्शेरबहादुर थापाले ७२ हजा रुपैयाँ संकलन गरी पठाउनु हुने भएको छ । एनआरएन मकाउका अध्यक्ष समेत रहनु भएका उहाँले थुपै्र नेपालीहरुबाट संकलन भएको जानकारी दिनु भयो । उक्त रकम संकलन गरी पठाउने र सहयोग दाताको नाम पनि उति बेलै दिने बताउनु भयो ।
त्यस्तै वामी सेवा समाज जापानबाट ६० हजार यान पठाईने भएको छ । वामी २ घर भई वामी सेवा समाज जापानका अध्यक्ष सुरेन्द्र केसीले दिएको जानकारी अनुसार कुर्घा भुवाचिदीका रामप्रसाद शर्माले २ हजार यान, वामी ९ शेराका दिलीप थापा जो संस्थाका सचिव हुनुहुन्छ उहाँले २ हजार यान, वामी ६ घर भई संस्थाका सदस्य मिलन केसीले २ हजार यान , वामी ३ का वसन्त रायमाझीले ३ हजार यान, वामी ३ का टिकाराम घिमिरेले १० हजार यान, वामी २ घर भई संस्थाका अध्यक्ष सुरेश केसीले १० हजार यान, संस्थाको कोषबाट १० हजार यान र यस अघि घोषण गर्नु भएको विष्ण्ु प्रसाद सापकोटा सहित कुल ६० हजार यान वामी सेवा समाज जापानले पठाई दिने केसीले बताउनु भयो ।
सो करम पिडित वालिकाको कोष स्थापना गरेर मात्रै उनैको खातामा पठाई दिन आग्राह गरिएको छ । यसै विच युके समाज वेलायतले ५२ हजार रुपैयाँ सहयोग गर्ने भएको छ । सस्थाका सचिव शिव भण्डारीले सहयोग दाताको नाम विवरण र रकम एकै साथ पठाउने जानकारी दिनु भयो । जापानबाट गुल्मीको कुर्घा ९ का सुरज खडकाले १५ हजार र सोही स्थानबाट उहाँका साथी कुर्घा ५ का मनिराम उपाध्यायले ५ हजार सहित २० हजार रुपैयाँ यसै समाचार दाताको नाममा उनलाई सहयोग पठाईकाएको छ ।
जापानबाट बाग्लुङ्गको गल्कोट हिल घर भई जापानमा कार्यरत समरबहादुरबुढाथोकीले १० हजार रुपैयाँ पठाउनु भएको छ । त्यस्तै रकम खुल्न नसकेको गुल्मीको ग्वाघा ४ घर भई हङ्गकङ्गमा कार्यरत त्रैलोक्य बिश्वकर्माले पनि ति वालिकालाई सहयोगको घोषणा गर्नु भएको छ । त्यस्तै पिडित वालिकालाई बाग्लुङ्गको काँडेवास गाविस वडा नम्वर ५ ज्यामिरे नेटा घर भई कुवेतमा कार्यरत देव गुरुङ्गले २ हजार पठाउनु हुने भएको छ ।
। गुल्मीको कुर्घा ९ घर भई जापानमा कार्यरत सुन्दर खडकाले १० हजार सहयोग घोषणा गर्नु भएको छ । दुर सञ्चार कार्यालय गुल्मीका कार्यालय मुख उमानाथ पोखरेलबाट १ हजार, अर्जुन आवासीय उच्च माध्यामिक विद्यालय तम्घासका छात्राहरुले ४ हजार , कुर्घा ५ चौर घर भई जापानमा कार्यरत अमृता शर्माले यस अघि ओढारमा बस्ने बृद्धका लागि ५ हजार सहयोग पठाएको तर निज बृद्धले नचाहे पनि सो रकम उनै पिडित वालिकालाई दिन आग्राह गर्नुभएको छ । त्यस्तै मकाउबाट मंगल राईले पनि सहयोग घोषण गर्नु भएको छ , रकम खुलेको छैन् ।
त्यस्तै पुर्वी नेपालको सोलु घर भई अमेरिकामा बसेर महिला तथा वालि वालिकाहरुको हक हित र संरक्षणको क्षेत्रमा काम गर्नु हुने आङदामु शेर्पाले १० हजार सहयोग पठाउनु भएको छ । दिगाम ४ घर भई ईजरायलमा कार्यरत शारदा पोखरेल ५ हजार र काठमाण्डौंमा रहनु भएकी भिमकुमारी मगरले ५ हजार सहयोेग गर्नु भएको छ । लण्डनमा क्रियाशिल ईन्टरनेशल नेप्लिज ब्लड डोनर्सका अध्यक्ष अर्जुनप्रसाद मैनालीले ति वालिकाको उपचारका लागि कुल ६२ हजार सहयोग पठाउनु भएको जानकारी प्राप्त भएको छ ।
मैनालीले उनको पढाईको ५० हजार , कपडाको लागि २ हजार, लालनपोषणको लागि ति वालिकालाई पाल्दै आएकी महिलाका लागि १० हजार, उहाँ मार्फत शैलेस पोखरेलबाट १० हजार, शिव राई ५ हजार, अम्विका मैनाली पोखरेलबाट २ हजार, तरुण पौड्यालबाट २ हजार ५ सय, राज गौतमबाटै ५ हजार, संजय थापाबाट ५ हजार, परिता राजभण्डारीबाट ५ हजार, दुर्गेश कार्कीबाट २ हजार शुक्रत्ररा घिमिरेबाट ५ हजार, मनोज अधिकारीबाट ५ हजार, कमल घतानेबाट ५ हजार, अर्जुन मैनालीले थप ५ हजार ५ सय सहित कुल ६२ हजार पठाएको जानकारी प्राप्त भए पनि को मार्फत पठाउनु भयो भन्ने खुलेको छैन् ।
मैनालीको संस्थाले गुल्मीको सिमलटारीमा शौचालयमा बस्दै आएकी ज्ञानी परियारलाई पनि ३८ हजार पठाउनु भएको थियो । पिडित वालिकालाई सहयोग गर्ने महानुभावको नाम छुटेको भए वा एक मुष्ट सहयोगदाताले सवै सहयोग दातको नाम प्रकाशित गर्न चाहे यस समाचारदातालाई जानकारी गराउन आग्राह गरिएको छ । साथै ति पिडित वालिका कै नाममा अक्षय कोष खोल्ने तयारी भएकोले कुनै पनि ब्याक्तिको नामा रकम नपठाई उनैको अक्षय कोष खातामा पठाउन आग्राह समेत गरिएको छ ।
रकम पठाई सक्नु भएका महानुभावले कसको नाममा कति रकम पठाएको हो यसै समाचारदातको फेशबुक मेशेजमा खुलाई दिनु हुन अनुरोध गरिन्छ । वलात्कृत वालिका अहिले डिस्चार्ज पश्चात स्थानिय एक महिलाको संरक्षणमा गाउँ फर्केकी छन् । उनकी आमाको मृत्यु भई सकेको र बाबुले मेरो होईन भन्द उनि एक वर्षकी छँदा मरी भनेर सिस्नाको गाँजमा फले पछि ति महिलाले उनलाई त्यहाँबाट उठाएर पाल्दै आएकी थिईन् । १० वर्षको उमेर भएकी उनलाई गत वर्षबाट मात्र विद्यालय पठाईएको थियो । उनको गुप्ताङ्गमा सिलाईको टाँका पाक्ने सम्भावना बढेको बताईन्छ । उनि अझै पनि वेला वेलामा त्रसीने गर्छिन् ।
उनलाई त्यस गाउँबाट अन्यत्रै लगेर संरक्षण दिने पहल भई रहेको छ । चैत्र ४ गते राती करिव एक वजे त्यहाँस्थित जिवन दमाईले आफ्नी छोरीसंग सुतेकी उनलाई लगेर आफ्नो विस्तरामा वलत्कार गरेका थिए । विस्तरा देखि ७० मिटर पर वारी सम्म रगतको पोखरी थियो । उनको योनी र गुप्ताङ्गा एकै ठाउँ हुन गए पछि तम्घास अस्पतालबाट पाल्पा मिशन अस्पतालमा लगिएको थियो । वलात्कारी दमाई अहिले प्रहरी हिसातमा छन् ।

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide