khabar,
दुई सहकारीले ७० लाख ठगे
Posted by Unknown
Published on Sunday, 30 March 2014
हरि शर्मा |
परासी : जिल्लाका दुईवटा सहकारी संस्थाले बचतकर्ताको ७० लाखभन्दा बढी ठगी गरेको आरोप लागेको छ। यसरी ठगी गर्नेमा रामग्राम नगरपालिकाको जनजागृति बहुमुखी सहकारी संस्था र मेधावी कृषि सहकारी संस्था छन्।
ठगी गर्ने दुवै सहकारी संस्थाको मुख्य कार्यालय सदरमुकाम परासीमा रहेको डिभिजन कार्यालयको दर्तामा देखिएको छ। ठगी गरेका मध्ये एउटा सहकारी संस्थाका तीनजना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। अर्को सहकारी संस्थाका सञ्चालकलाई पक्राउ गर्न प्रहरीले वास्ता नगरेको बचतकर्ताले गुनासो गरेका छन्।
बचतकर्ताको उजुरीका अधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीेले जानकारी दिएको छ। रकम हिनामिना गरी ठगी गर्ने संस्थालाई कारबाहीको मागसहित आइतबार बचतकर्ताले आइतबार प्रशासन कार्यालय घेराउ गरे। उनीहरूले प्रमुख जिल्ला अधिकारीलाई उजुरी पनि दिए। उजुरीमा दुवै संस्थाले ३५-३५ लाख रुपैयाँ ठगी गरेको जनाइएको छ।
प्रहरीले मेधावी संस्थाका तीन सञ्चालक पक्राउ गरेको हो। जनजागृतिका अध्यक्ष र व्यवस्थापकलाई पनि तत्काल पक्राउ गरी कारबाही गर्न बचतकर्ताले माग गरेका छन्। जनजागृतिले ठगी गरेको भन्दै तीन महिनाअघि ५७ जना बचतकर्ताले प्रशासनमा उजुरी दिएका थिए।
रामग्राम ६ परासीका रामेश्वर जयसवालले संस्थामा एक लाख २० हजार जम्मा गरेको र घरमा विवाह पर्दा समेत रकम नपाएकाले प्रशासनमा गुहारका लागि आएको बताए। 'ममात्र होइन, एक, दुई रुपैयाँ जम्मा गरेर घरव्यवहार चलाउने आस गरेर रकम जम्मा गरेका चार सयभन्दा बढी गरिबको रकम संस्थाले ठगी गरेको छ', उनले भने। संस्था दर्ता गर्ने डिभिजन सहकारी संस्थाले अनुगमन नगर्दा ठगी बढेको बचतकर्ताको आरोप छ।
लेखा परीक्षणसहित हिसाबकिताब पारदर्शी गर्न पत्राचार गरे पनि वास्ता नगरेकाले जनजागृतिका अध्यक्ष राजेन्द्र यादव र व्यवस्थापक धिरज रेग्मीलाई पक्राउ गरी उपस्थित गराउन प्रहरी कार्यालयमा पत्राचार गरेको प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताए। संस्थाले विगत दुई वर्षदेखिको हिसाबकिताबसमेत देखाउन सकेको छैन।
यस्तै मेधावी मेघावी संस्थाले मुख्य कार्यालय परासीमा रहने जनाए पनि त्यहाँ नराखी बुटवल नगरपालिका-९ को दीपनगरमा कार्यालय सञ्चालन गरेर ठगी गरेको फेला परेको छ। कपिलवस्तु, रूपन्देही र नवलपरासीलाई कार्य क्षेत्र बनाएर यो संस्थाले करिब चार हजार सेयर सदस्यबाट रकम ठगी गरेको देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुवास गैरेले बताए।
यो सहकारी २०६९ चैतमा डिभिजन सहकारी कार्यालयमा दर्ता गरिएको थियो। सेयर सदस्यबाट जनही १३ सय रुपैयाँका दरले रकम उठाएर ठगी गरेको देखिएको गैरेले बताए। जिल्लामा चार सय ८४ सहकारी संस्था रहेको डिभिजन सहकारी कार्यालयले जनाएको छ।


0 comments
Readers Comments
i love like and koment