khabar,
अविवाहित र कुमारी आमाका सन्तानले पनि नागरिकता पाउने
Posted by Unknown
Published on Wednesday, 5 March 2014
Wednesday, March 5, 2014
२२ फागुन, काठमाडौं । सरकारले कुमारी आमा तथा विवाह नगरी सँगै बसेका जोडी (लिभिङ टुगेदर)बाट जन्मिएका सन्तानलाई कानुनी मान्यता दिने भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले व्यक्तिगत घटना दर्तामा कुमारी आमा र लिभिङ टुगेदरबाट जन्मिएका सन्तान पनि दर्ता गर्न कानुन संशोधनको प्रक्रियामा अघि बढाएको छ ।
मन्त्रालयका प्रवक्ता दिनेश थपलियाले ‘जन्म, मृत्यु, तथा अन्य व्यक्तिगत घटना दर्ता गर्ने ऐन, २०३३’ संशोधन प्रक्रिया थालिएकाले चाँडै त्यस्ता घटना दर्ता गर्न देशव्यापी परिपत्र गरिने बताएको छ
नयाँ कानुन बनेपछि त्यस्ता सन्तानले नागरिकता, राहदानी तथा अन्य सरकारी कागत बनाउन सहज हुनेछ । अहिलेसम्म त्यस्ता सन्तान कतै दर्ता हुने व्यवस्था छैन् । लिभिङ टुगेदर र कुमारी आमाले जन्माएका सन्तान दर्ता नुहँदा कानुनी कामका लागि समस्या परिरहेको छ ।
आधुनिक समाजमा कुमारी आमा र लिभिङ टुगेदर सामान्य भएको तर्क गर्दै सन्तान दर्ताका लागि स्थानीय निकायमा धाउनेको संख्या पनि बढिरहेको छ। ‘कुमारी आमाको समस्या त धेरै आइसक्यो। अब गाउँबाटै त्यस्ता घटना दर्ता भएर आउँछन्’, थपलियाले भने।
सरकारले समलिंगी विवाह दर्ताका लागिसमेत औपचारिक बाटो खुलाउँदैछ। बाबुआमा पहिचान नभएका बालबालिका पालनपोषण गर्नेलाई अभिभावकका रूपमा स्वीकार गर्ने कानुनसमेत बनाउन लागिएको छ। ऐन संशोधनका लागि सरकारले देशव्यापी छलफल गरिरहेको छ।
मन्त्रालयको जनसंख्या तथा पञ्जीकरण व्यवस्थापन शाखाका प्रमुख शंकर नेपालले विदेशमा बस्ने नेपालीबाट जन्मिएका सन्तान, विवाह तथा मृत्युलगायत घटनासमेत अनलाइनबाटै दर्ता गर्ने तयारी भइरहेको बताए।
यसका लागि विदेशस्थित कूटनीतिक कार्यालयमार्फत विवरण संकलन गरिनेछ। व्यक्तिगत घटना दर्ताका लागि आमालाई पनि मान्यता दिइने भएको छ। अहिलेसम्म बाबुबाट मात्रै घटना दर्ता गर्ने व्यवस्था थियो। घटना दर्ता गाविस तथा नगरपालिकाले वडामार्फत गर्छन्। सरकारले २०६४ असारमै लिंग पहिचान नभएको बच्चा जन्मिए घटना दर्ता गर्ने र पछि नाम र लिंग परिवर्तन गर्न सकिने व्यवस्था गरिसकेको छ।

0 comments
Readers Comments
i love like and koment